आशा गरिएका ब्याटरले राम्रो खेलेनन् : प्रशिक्षक बस्न्यात

काठमाडौं । कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् ।

सुदूरपश्चिम रोयल्ससककंग नतिजा सुम्पिदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए ।

तर, उनीहरूले आफ्नो क्षमता अनूरुप खेल्न नसक्दा राम्रो हार व्यहोर्नुपरेको उनको भनाई छ । उनले ब्याटिङ गर्न असहज हुने खालको नरहेको स्पष्ट पारे ।

सुदूरपश्चिमले अन्तिम ५ ओभर खेल्दा नै ब्याटिङका लागि पिचले मद्दत गरेको उनले उल्लेख गरे ।

प्रशिक्षक बस्न्यातले अझै चार खेल बाँकी रहेको र त्यसमा राम्रो गर्दै प्लेअफमा पुग्न मिहेनत गर्ने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =