एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक थेरापी सेन्टरमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरबीच सम्झौता भएको छ ।

अब एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने भएको छ ।

यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =