सुनको मूल्यमा भारी बढोत्तरी, आइतबार कतिमा हुँदैछ किनबेच ?
२०८२ मंसिर ७ गते

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ९ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आज सुन प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार १०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२०८२ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








