निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्छ- देव गुरुङ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौँमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताए । उनले अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुनः स्थापनाको विकल्प नरहेको बताए । त्यहाँबाट संविधानमा संशोधन गरेर मात्रै आगामी कदम चाल्नुपर्ने बताए ।
राजनीतिलाई नियमित कोर्समा लैजान जरुरी रहेको बताए ।
उनले भने ‘अबको निकास के त ? अहिलेको सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प छैन । पाल्र्यामेण्ट सिस्टम भएपनि राष्ट्रिय सहमतिबाट लैजाऔँ भनेका थियौँ । राष्ट्रिय सहमति हुन सकेन । अहिलेको सम्भावना निर्वाचन सम्पन्न गर्ने, यदि निर्वाचन सम्पन्न गर्न सकिँदैन भने संसद पुनः स्थापना गर्नुको विकल्प छैन । संसद पुनः स्थापना गर्नुपर्छ । त्यहाँबाट संविधानमा संशोधन गर्नुपरे त्यहाँबाट संशोधन हुनसक्छ । आवश्यकताअनुसार संशोधन हुनसक्छ । रेगुलर कोर्समा लैजाने हो । नियमित कोर्समा लैजाने हो । अहिले उत्तेजना मच्चाउने दिशामा छन् । हामी शान्तिको दिशामा छौँ ।’
नेता गुरुङले एकलेअर्कोलाई गालीगलौज गरेर सिद्ध्याउने कार्यशैली हाबी भइरहेको बताए ।








