सीपलाई समाधानसँग जोड्ने मोबाइल एप सार्वजनिक

काठमाडौँ । मोबाइल ग्यारेज टिमले मोबाइल एप सार्वजनिक गरेको छ ।
शनिवार काठमाडौँमा एक कार्यक्रमका बीच ‘सीपलाई समादानसँग जोड्ने मोबाइल एपस् मोबाइल ग्यारेज’ सार्वजनिक गरिएको हो ।
मोबाइल ग्यारेज एपले सवारी समाधान बिग्रिएमा मिस्त्रीहरू उपलब्ध गराउनेछ । मोबाइल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले सवारी धनी र सवारी मर्मतसम्बन्धी सीप भएका दुवै पक्षलाई सेवा दिने उद्देश्यले मोबाइल ग्यारेज एप सञ्चालनमा ल्याएको जानकारी दिए ।
सवारीसाधनमा समस्या भएमा एपमार्फत ग्यारेज मिस्त्रीको खोजी गर्न सकिनेछ । उक्त एपमार्फत सहजै रूपमा रियल टाइममा नै मिस्त्री उपलब्ध हुने उनले बताए ।
उनले ग्यारेजसम्बन्धी सीप भएकाहरूलाई रोजगारी पनि मोबाइल एपकोमार्फत उपलब्ध हुने उल्लेख गरे । यो एपले सवारी धनी र मिस्त्रीको पुलको रूपमा काम गर्ने उनको भनाई छ । उनले दुई वर्षको प्रयासपछि मोबाइल ग्यारेज एप निर्माण गर्न सफल भएको जानकारी दिए ।
उनले भने ‘यो व्यवसाय बाट हामी पब्लिक सर्भिसको कुरा छदैछ, त्योसँगै सीप भएका साथीभाइहरू हुनुहुन्छ, ग्यारेज सेक्टरका यसलाई हामीले व्यवसायसँग डिजिटलाईजेशन गर्ने त्यो व्यवसायलाई र अर्को सवारीसाधन बिग्रिएमा सहजै रूपमा सेवा दिनेगरि मोबाइल एप सार्वजनिक गरेका छौँ । यो एप एउटा पुलको रूपमा रहनेछ । ग्यारेजसम्बन्धी ज्ञान भएका मिस्त्रीलाई हामीले विशेष रूपमा समस्या परेको भेईकलहरुसंग जोड्ने पुलको रूपमा यसले काम गर्नेछ ।’
उनले एपले रियल टाइम सेवा, प्रमाणित मिस्त्री प्रोफाइल, सजिलो एप साईनअप र व्यापार वृद्धि लगायतका सुविधा प्रदान गर्ने जानकारी दिए । एपमा ग्यारेज सञ्चालक र सवारीधनी जोडिन सक्नेछन् । मोबाइल एप प्लेस्टोर वा एपस्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिनेछ । एपमा मेकानिकले मेकानिकको प्रोफाइल बनाउनुपर्ने र सेवाग्राहीले साईनअप गर्नुपर्ने सुविधा रहेको छ ।








