आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसकेका मगरलाई सुनिल शर्माको सहयोग

काठमाडौँ । काँग्रेस नेता डा. सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न भीमबहादुर मगरलाई आर्थिक सहयोग गरेका छन् ।

मोरङ जिल्ला, सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न तथा बिरामी मगरलाई पूर्वसांसद शर्माले आर्थिक तथा उपचार सहयोग प्रदान गरेका हुन् ।

केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहेका मगर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ थिए । गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा। शर्माले बिहीबार त्यहाँ पुगेर उनको अवस्था नियाल्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

डा। शर्माले तत्कालै नोबेल मेडिकल कलेजका कर्मचारी जय रायलाई निर्देशित गर्दै बिरामीका लागि निःशुल्क खानावास, उपचार तथा आवश्यक सुविधा उपलब्ध गराउन व्यवस्था मिलाउन निर्देशन दिए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =