बलिङबाट पनि जित्छौं भन्ने थियो : प्रशिक्षक टमटा

काठमाडौं । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले फाइटिङ स्कोर बनाएकाले बलिङबाट पनि जित्छौं भन्ने आत्मविश्वास रहेको बताएका छन् ।

काठमान्डु गोर्खाजसँग उत्कृष्ट पुनरागमन गदै जित निकालेपछि सुदूरपश्चिमका प्रशिक्षक टमटाले विपक्षीलाई फाइटिङ स्कोर दिएको र बलिङबाट पनि जित्छौं भन्ने लागेको बताएका हुन् ।

पावर प्लेमा चार विकेट गइसक्दा धड्कन नै बढेको उनले उल्लेख गरे । ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई दिएको भूमिका निभाउनु र हरमित सिंहले आक्रामक खेल्नुले राम्रो स्कोर दिन पाएको प्रशिक्षक टमटा बताउँछन् ।

दीपेन्द्र र आरिफ सेख बीचको साझेदारीलाई पनि महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

उनले बलिङमा पनि पावर प्लेमा तीन विकेट लिनु जितका लागि महत्वपूर्ण बनेको उनको विश्वास छ । पछि स्कटको बलिङले खेलको टर्निङ पोइन्ट रहेको प्रशिक्षक टमटा बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =