दुर्गा प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्का पक्राउ परेका छन् ।

उनलाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दामा थुनामा राखेर अनुसन्धान अघि बढाएको छ ।

प्रसाईंलाई मंगलबार भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सो समूहमध्ये ८ जनालाई भने रिहा गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार खड्काविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद लिएर थप अनुसन्धान जारी छ ।

प्रसाईंलाई प्रहरीले सोमबार राति सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा पक्राउ गरेको थियो ।

उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति अदालतबाट लिइएको प्रहरीले जनाएको छ । सोही क्रममा खड्कालाई समेत अभद्र व्यवहारको आरोपमा हिरासतमा राखिएको हो ।

यसैबीच, प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आन्दोलन सुरु हुनुअघि नै प्रसाईंलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =