जाडोमा न्यानो कपडाको विक्री: व्यवसायीहरू छैनन् उत्साहित

काठमाडौँ । जाडो याम सुरु भएसँगै न्यानो कपडाको विक्री बढेको छ ।

व्यापारीहरुकाअनुसार हिजोआज न्यानो कपडा किन्न आउनेहरूको पसलहरूमा बढेका छन् । उनीहरूले अहिले स्विटर, ज्याकेट, कोट, पाइन्ट खोज्ने गरेका छन् । तर व्यापारीहरू भने त्यति उत्साहित छैनन् । उनीहरुकाअनुसार धेरै युवाहरू विदेशिदाँ पसलहरूमा आउने ग्राहकको संख्यामा उल्लेख्य कमी आएको छ । पहिलेको तुलनामा व्यापार धेरै कम हुँदा उत्साह समेत घटेको छ ।

व्यापारी चन्दकुमार नायकले व्यापारमा कमी आएको बताउँछन् । मान्छेहरू पहिला भन्दा घटेकै कारणले व्यापारमा कमी आएको हुनसक्ने उनले बताए ।

नायककाअनुसार जाडोको सामानहरूमा हाइनक, ज्याकेट, टाउजरहरुको विक्री बढी छ । उनकाअनुसार जाडोका कपडाहरूको १०००÷१२०० का रहेका छन् । पहिलेको तुलनामा भाउ बढेको उनको भनाइ छ । ज्याकेट, कोट, हाइनेकहरूको भाउ गत वर्षको तुलनामा बढेको छ । नेपाली समानहरू भन्दा बाहिरी समानहरूको माग बढी रहेको नायकले बताए ।

व्यवसायी नायकले भने ‘सबै जसो वर्षमा मान्छे कमकम हुँदै गएको छ । मान्छेहरू बाहिर बस्न थालिसक्यो । सबै मान्छे बाहिर गइरहेको छ । मान्छे कम भइसक्यो । अहिले केही रूपमा जाडोको सामानहरूमा हाइनक, ज्याकेट, टाउजरहरु बिकिरहेको छ । कपडाहरूको १०००/१२०० छ । ज्याकेट, कोट हाइनेको माग बढी छ । प्रत्येक वर्ष ग्राहक घटेको महुशस भएको छ । काम गर्ने मान्छेको पनि अभाव छ । बाहिरकै समानको माग बढी छ ।’

न्युरोडका कपडा व्यवसायी लक्ष्मण श्रेष्ठले पहिलेको तुलनामा व्यापार कम रहेको बताए । उनकाअनुसार देशमा अस्थिरता छाएका कारण व्यापारमा कमी आएको छ ।

व्यवसायी श्रेष्ठले भने ‘पहिलेको तुलनामा व्यापार कम छ । देशको अवस्था राम्रो नभएका कारण कम भएको होला । जाडोलाई मध्यनजरमा राख्दै स्विटर ज्याकेटहरू पसलमा राखिएको छ । विक्री ठिकै भइरहेको छ ।’

अर्का कपडा व्यवसायी अर्जुनराज शाक्यले व्यापारको अवस्था दिनप्रतिदिन घट्दै गएको बताए । जतिपनि लगाउने, खाने मान्छेहरू विदेश होमिदा व्यापारमा ठुलो असर परेको उनले बताए ।

उनकाअनुसार बुडाबुडीहरूले एकचोटी किनेपछि वर्षौँसम्म त्यही लगाउने भएकाले विक्रीमा सुस्तता आएको बताए । जाडोमा अहिले तातोसमानहरु चाहिने हुँदा उलनका कपडा, मखमल सलहरूको माग बढेको छ ।

व्यवसायी शाक्यले भने ‘व्यापारको अवस्था दिनप्रतिदिन घट्दै छ । जतिपनि लाउने, खाने युवाहरु विदेशमा छन् । बुडाबुडीहरूले एकचोटी किनेपछि कमै किन्नुहुन्छ । जाडोमा अहिले तातोसमानहरु चाहिने हुँदा उलनका कपडा, मखमल सलहरूको माग बढेको छ । इन्डियन, चाइनिज कपडाहरू बेचिरहेका छौँ । नेपाली समानमा त्यति क्वालिटी निकाल्न सकेकै छैन । त्यसैले विदेशी धेरै विक्री हुने गरेको छ ।’

उनकाअनुसार युवाहरूको सोचबाट नेपालमै राम्रो बन्ने थियो । तर उनीहरू विदेशमा होमिदा डिजाइन, फिनिसिङ नेपाली कपडामा छैन । जसकारण नेपाली कपडाहरूको विक्री गर्न कठिन रहेको शाक्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =