डेब्यु एनपिएलमै प्रियाङ्क पञ्चालको शानदार प्रदर्शन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सका ओपनर प्रियाङ्क पञ्चाल चितवन राइनोजविरुद्धको खेलमा शतक बनाउनबाट चुकेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सका लागि भारतीय खेलाडी पञ्चाल शतक बनाउनबाट १० रनले चुकेका हुन् ।

पहिलोपटक एनपिएल खेलिरहेका उनले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा ९० रन बनाए । उनी रबि बोपाराको बलमा देव खनालद्वारा क्याच आउट भए । इङल्यान्डका रवि बोपारा अलराउन्डर र प्रभावशाली खेलाडी हुन् ।

योसँगै जारी एनपिएलमा पञ्चाल अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । सोमबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले अर्धशतक बनाएका थिए । त्यसक्रममा उनले ५४ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =