सुन ३ हजार ८ सय रुपैयाँले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

हिजो (सोमवार) ५ सय रुपैयाँले घटेको सुन मंगलवार ३ हजार ८ सयले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार ३ हजार ८ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५ सय कायम भएको छ ।

सोमवार एक तोला सुन २ लाख ४३ हजार ३ सयमा खरिदविक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ ।

आज एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदविक्री भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =