दलितमाथि भेदभाव गर्नेहरूलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्छ: वामदेव गौतम

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दलित भन्नेहरूलाई आजीवन कारावासको हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् ।

अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो समुदायलाई होच्याउनको सम्पत्ति जफत गरेर उनीहरूलाई क्षतिपूर्ति हुनेगरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । संवैधानिक रूपमा नै दलित भन्नु अत्याचार, अमानवीय र पापकर्म हुने भन्दै नेता गौतमले त्यस्तो हुन नदिनेगरी अघि बढ्नुपर्ने बताए ।

उनले भने ‘दलित भन्नु यो अत्याचार हो, यो अमानवीयता हो । त्यसलाई हामीले कानुनी मान्यता, संवैधानिक मान्यता दिएका छौ । यो संशोधन गर्नुपर्छ । र, एउटा कानुन यस्तो बनाउनु पर्छ, जहाँ थोरै मात्र पनि कसैले भन्यो, केही व्यवहार गर्यो भने त्यसलाई आजीवन कारावास बस्ने व्यवस्था गर्नुपर्दछ । उसको परिवारभित्र हिस्सा लगाएर उसको सम्पत्ति जफत गरेर जसलाई त्यस्तो गरिएको हो, त्यसलाई त्यो सम्पत्ति क्षतिपूर्तिको रूपमा दिनुपर्छ । त्यसरी क्षतिपूर्ति कायम हुन्छ । ल त्यसो गरौँ त एक पटक । सक्नु हुन्छ रु सकिँदैन भने यस्तो छलफल नगरौँ । यो अपराधपूर्ण, पापपूर्ण काम हो । आफ्नो देशको एउटा जनतालाई दलित भनेर मान्यता दिई रहने काम गर्न हुन्न ।’

नेता गौतमले राज्यले आवश्यक परे २० खर्व खर्च गरेर भएपनि दलित समुदायका लागि आवासको व्यवस्था गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =