अग्नि समूहको ३५ वर्ष: व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

काठमाडौँ । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको छ ।

बुढानीलकण्ठ, काठमाडौँमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तीकरणतर्फ सार्थक योगदान पुर्याउने उद्देश्यसहित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भनिन् ‘३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौँ । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पुर्याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो, र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्त्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’

त्यसैगरी उक्त कार्यक्रममा सहयोगको प्रभावबारे चर्चा गर्दै, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ का अध्यक्ष प्रा।डा। भगवान् कोइरालाले भने ‘यस इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमहरूमा अब यी सवारी साधन प्रयोग गरिनेछन् । संक्षेपमा भन्नुपर्दा, हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् र हाम्रो काम अधिक सहज तथा प्रभावकारी बनेपछि अप्रत्यक्ष रूपमा पनि धेरैले फाइदा लिन सक्नेछन् । स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनाउन मद्दत पुर्याएकोमा हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’

अग्नि ग्रुपको ‘Rising Together’ भन्ने मूल्य–दर्शनले व्यावसायिक सफलता मात्र होइन, समुदायको उन्नतिलाई पनि उत्तिकै महत्त्व दिने बताइएको छ । वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एसयूभी४०० इलेक्ट्रिक एसयूभीहरूले का स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =