अर्जेन्टिनाको राजधानीस्थित औद्योगिक पार्कमा विस्फोट

काठमाडाैं । अर्जेन्टिनाको ब्यूनस आयर्सबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको एक औद्योगिक पार्कमा विस्फोट भएको छ । विष्फोटपछि पार्कमा आगो लागेको थियो भने विषाक्त धुवाँ निस्किएको थियो ।

जसबाट २० जना घाइते भएका छन् । इजेइजा शहरमा भएको विस्फोटले चार किलोमिटरको दायरा भित्रका भवनहरूको झ्यालहरू चकनाचुर पारेको छ । त्यसपछि आगो लागेको र बाक्लो विषाक्त धुवाँ निस्केको थियो ।

आगो २० मिटरभन्दा बढी उचाइमा पुगेको र दुई घण्टाभन्दा बढी समयसम्म जलेको बताइएको छ । प्रारम्भिक अनुसन्धानले कृषि रसायन उद्यमको गोदामबाट आगो शुरु भएको देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =