तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ गरेका छन् ।

बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका-१ निवासी २७ वर्षका पुनम ठाकुर, २७ वर्षका प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका-८ का ४३ वर्षका सागर घताने भन्ने रोमबहादुर घतानेलाई प्रहरीले पक्राउ गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका-११ नवलपुरका ४५ वर्षका सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षका सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र मगरलाई पनि पक्राउ गरिएको छ । उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =