पार्टीभित्र एक-अर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातिः डा. प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाती भएको टिप्पणी गरेका छन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने कुरामा नेताहरुबीच एकमत रहेपनि सहमति जुट्न नसकेको बताए । उनकाअनुसार बैठकमा राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था भए नभएको विषयमा छलफल केन्द्रित रहेको छ ।

उनले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय हुने विश्वास व्यक्त गरे ।

उनले भने ‘महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा एकमत छ । र चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुपर्छ भन्ने विषयमा पनि कुनै विमति छैन । तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था छैन भन्ने विषयवस्तुमै छलफल केन्द्रित छ । तर बैठकको अन्त्यसम्ममा समान निष्कर्षमा पुग्छौँ भन्नेमा मेरो विश्वास छ । पार्टीभित्रबाट सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नै साथीभाइलाई होच्याउने र नियोजित रूपमा प्रयोग गर्ने जुन प्रवृत्ति छ त्यो अहात्मघाति छ भनेर मैले अस्ति नै केन्द्रीय समितिको बैठकमा पनि भनेको छु । हामीले सरकारले वातावरण बनाएको अवस्थामा निर्वाचनमा सहभागी हुने र नभए संसद पुनः स्थापनाको मागलाई दह्रोसँग उठाउने विषयमा एकमत छ ।’

निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने संस्थापन पक्ष, चुनावमा नयाँ नेतृत्व लिएर मात्रै जानुपर्ने दुई महामन्त्री र संस्थापनइतरको अडानले काँग्रेसभित्र आन्तरिक टकराब चुलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =