एनआईसी एशिया लघुवित्तको बागमती र गण्डकी प्रदेश अन्तर्गतको समीक्षा गोष्ठी तथा तालिम सम्पन्न

काठमाडौँ । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेश स्तरीय बजेट समीक्षा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ ।

कार्तिक १८ देखि २१ गते सम्म तपस होटल बत्तिसपुतली, काठमाडौँमा चलेको कार्यक्रममा दुई प्रदेशमा रहेका शाखा कार्यालयहरूका प्रमुख, अनुगमन अधिकृत, असुली अधिकृत र प्रदेश प्रमुखहरूको
सहभागिता रहेको थियो ।

जहाँ पहिलो दुई दिन शाखा सञ्चालन, प्राप्त उपलब्धि, चुनौती र सुधारका सम्भावित क्षेत्रहरूका विषयमा छलफल चलाइएको थियो भने पछिल्लो दुई दिन सहभागीहरूलाई सेवा गुणस्तर सुधार, ग्राहक संरक्षण, वित्तीय व्यवस्थापन, शाखा सञ्चालन दक्षता, सेवा प्रवाह उत्कृष्टता, डिजिटल बैंकिङ र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =