‘११:११ एनसेल एप क्याम्पेन’: ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

काठमाडौँ । एनसेलले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ, जसअन्तर्गत भोलि नोभेम्बर ११, मङ्गलवारको दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् ।

११:११ उत्सवको अवसरमा भोलि एक दिनका लागि सञ्चालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरू हेर्न, रोमिङसहितका सेवा सक्रियरनिष्क्रिय गर्न, र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरू पठाउन पनि सक्छन् ।

एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचारहरू हेर्न सकिनेलगायतका अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाहरूको फाइदा लिन सक्छन् ।

११११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठुलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक टे्रन्ड हो । ठुलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११:११ को आकर्षण बढ्दो रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =