२० प्रतिशत भन्दा कम मत पाए सरकारमा जाँदैनौँ : वीरेन्द्रबहादुर बस्नेत

काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गरेका छन् ।
सोमवार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गरे ।
उनले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताए । ‘हाम्रो लागि मात्र होइन हाम्रा सन्तति र त्यस पछिका सन्ततिहरुका लागि हामी त्यसमा पूरा त्याग हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हामीहरुको सृजनशिलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजाछौं र हामी दृघकालिन हिसाबले आउदैछौ किनभने हामीहरुको घोषणा पत्रमै लेखिसकेका छौं कि हामी २० प्रतिशत भोट नपाई सरकारमा जादैनौ’ उनले भने ।
राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्र्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उनको दाबी छ । उनले आफूहरु दीर्घकालीन हिसावले राजनीतिमा प्रवेश गरेको बताए ।
उनले देशका सन्ततीहरुका लागि त्याग, निष्ठा, इमान्दारिता र सृजनशीलतका साथ अगाडि बढ्ने बताए । ‘हामीले चाहीँ एउटा सुन्दर भविष्य देखेर त्यसलाई चाहीँ साकार कसरी गर्नसक्छौ भन्ने हिसावले अगाडि बढ्न प¥यो । त्यसकारण हामी एउटा यस्तो खालको समयमा प्रवेश गर्दैछौं, यस्तो खालको कालमा प्रवेश गर्दैछौं, एउटा लाइफ साइकलमा प्रवेश गर्दैछांै सायद यो बढो इन्टेन्स एउटा कठिन लाइफ टाइममा चाहीँ हामी प्रवेश गर्दैछांै । अब यसलाई हामीले सफलतामा परिणत गर्नैपर्छ’ उनले भने ।
उनले जेनजी पुस्ताको आन्दोलन पश्चात पार्टीको संगठनिक कार्य शुरु गरेको बताए ।








