भायानेट बन्यो चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको कनेक्टिभिटी पार्टनर बनेको छ ।

शुक्रवार आयोजित एक कार्यक्रमकाबीच भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख सञ्चलन अधिकृत डा। आशिष खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि मंसिर २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । राष्ट्रिय खेलाडी कुशल मल्ल चितवन राइनोजका मार्की खेलाडी हुन् ।

‘हामी खेलकुदसँग सुरुदेखि नै जोडिएका छौँ । खेलमा हाम्रो लगानी व्यावसायिक भन्दा बढी जिम्मेवारीको कुरा हो । यो हाम्रो समाज र नयाँ पुस्ताप्रतिको लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गरिरहेको छ । अझ, खेलकुदले इन्टरनेटले जस्तै मानिसहरूलाई नजिक ल्याउँछ, एकअर्कासँगको सम्बन्ध बलियो बनाउँछ । यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौँ,’ भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले बताए ।

भायानेटले स्थापना समयदेखि नै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण हिस्सा बनाउँदै आएको उनले बताए । यसअघि, भायानेट फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र भदौमा सम्पन्न कर्पोरेट क्रिकेट लिग दुवैको टाइटल स्पन्सर बनेको थियो । यस्तै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =