कुलमानले पार्टी खोल्ने पक्का, पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’
२०८२ कार्तिक २३ गते

काठमाडौँ । अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले दल गठन गर्ने अन्तिम तयारी गरेका छन् ।
कुलमानको नेतृत्वमा ‘नेपाल जनसेवा पार्टी’ गठनको तयारी अन्तिम चरणमा पुगेको स्रोतले मकालुखबरलाई जानकारी दियो ।
घिसिङले यसअघि ‘उज्यालो नेपाल पार्टी’ नाममा दल दर्ता गर्ने तयारी गरेका थिए । तर, उनको प्रस्तावमा केही नेताहरू सहमति भएनन् ।
यो नामले व्यक्तिगत छाप बढी पर्ने भएपछि ‘नेपाल जनसेवा पार्टी’ नाममा सहमति जुटेको स्रोतले बतायो ।
घिसिङ निकट स्रोतका अनुसार आज र भोलिसम्म छलफल सकाएर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी भइरहेको छ ।
कुलमानको पार्टीमा सुमना श्रेष्ठ, बालेन शाहसहितका नेताहरूको समर्थन रहेको बुझिएको छ ।
२०८२ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








