समाजवादीसँगको एकता ऐतिहासिक र असाधारण: प्रचण्ड

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरूसँगको पार्टी एकता ऐतिहासिक र असाधारण रहेको बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

यो एकतालाई आत्मसमिक्षा र सुधारको अवसरको रूपमा लिन उनले सबैमा आग्रह समेत गरे । उनले विगतमा भएका कमी कमजोरीहरूको आत्मसमिक्षा गर्दै नेपाली समाजमा आधारित वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्ने पनि बताए । उनले विगतमा भएका कम्युनिष्ट एकतालाई स्मरण पनि गरे ।

उनले मुलुकलाई सबै प्रकारका संकटबाट मुक्त गर्ने सवालमा कम्युनिष्ट पार्टीको अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनले त्यसको सुरुवात आजदेखि सुरु भएको जिकिर गरे ।

उनले भने ‘आजको एकता हाम्रो कमजोरी कहाँ भयो ? हामी कहाँ चुक्यौँ ? भन्ने कुराको आत्मसमिक्षा गर्ने ऐतिहासिक अवसर पनि हो । हामीले समीक्षा गरेका छौँ । हामी समीक्षा गर्दै जानेछौँ । त्यसकारण यो असाधारण एकता र ऐतिहासिक दिनमा हामीले यो सङ्कल्प लिएका छौँ । हामीले हाम्रै भूमि र हाम्रै विशेषतामा समाजवाद निर्माण गर्ने हो । हाम्रो एकता वार्ता चलेपछि मैले वामदेवजीलाई भनेको थिएँ– समाजवादसम्बन्धी पुस्तक दिनुभएको थियो । आन्दोलनको क्रममा जल्यो अर्को किताब दिनुहोस् । अहिले समाजवादको प्रश्न गर्नुभयो । तपाई के गर्नुहुन्छ रु तपाई पनि नेता हो नि रु समाजवाद निर्माणको जिम्मा वामदेवजीलाई नै दिने सोच्दैछु ।’

उनले जेन–जी विद्रोहले आफूहरूलाई आत्मसमिक्षा गर्दै अगाडि बढ्ने अवसर सिर्जना गरिदिएकोमा धन्यावाद समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =