केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय टी-२० क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । न्यूजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटबाट सन्यास लिएका छन् । तर उनले वानडे (ओडीआई) र टेस्ट करियरबारे भने खुला मनस्थितिमा रहेको बताएका छन् ।

विलियमसनले टी-२० प्रारूपलाई बिदाइ दिएपछि पनि विश्वभरका टी-२० फ्रेन्चाइज प्रतियोगितामा खेलिरहने बताएका छन् । उनले ब्ल्याकक्याप्स टोलीसँगको सम्बन्ध अझै विशेष रहेको जनाउँदै भविष्यबारे न्यूजिल्यान्ड क्रिकेट बोर्डसँग छलफल भइरहेको बताएका छन् । ‘ब्ल्याकक्याप्स मेरो लागि विशेष टोली हो । म अझै पनि बोर्डसँग छलफल गर्दै अघि बढ्नेछु,’ उनले भने ।

न्यूजिल्यान्डका लागि दशकभन्दा बढी समय कप्तानी गरेका विलियमसनले हालैको टी-२० विश्वकपपछि नेतृत्वबाट राजीनामा दिएका थिए । उनी देशका सफलतम ब्याट्सम्यानमध्ये एक मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =