चितवनमा घुँगी खोज्न जाँदा १ जनाको मृत्यु
२०८२ कार्तिक १५ गते

सांकेतिक तस्बिर
काठमाडौँ । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ ।
चितवन, माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो ।
बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
२०८२ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








