नेशनल लाईफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। ले आफ्ना अभिकर्ताहरूका लागि आयोजना गरेको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले पोखरा स्थित एक होटलमा १ रात २ दिनको उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका अनुसार कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरूलाई महानायक राजेश हमालको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको समुपस्थितीमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुखहरू, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरू सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागी भएका अभिकर्ताहरूलाई सम्बोधन गर्दै कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मुख्य भूमिका रहेकोमा दुई मत नरहेको बताए ।

देशैभरीबाट कार्यक्रममा छनौट भई सहभागी हुने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान पत्रबाट सम्मानित गरेका थिए ।

यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धमा तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा महानायक राजेश हमालले यो स्थानमा आइपुग्न आफूले सिनेजगतमा गरेको सङ्घर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउँदै जुनसुकै पेसा अपनाउने व्यक्तिले पनि आफ्नो पेसालाई निरन्तरता दिँदा आफूले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने बिचार व्यक्त गरे ।

मनोरञ्जनात्मक प्रस्तुति सहित सम्पन्न सो कार्यक्रममा सहभागी अभिकर्ताहरूले महानायक राजेश हमालसँग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =