छठ पर्वलाई लक्षित गरी जनकपुरमा सुरक्षा व्यवस्था मजबुत: प्रहरी नायव उपरीक्षक बम

काठमाडौँ । छठ पर्वलाई लक्षित गरेर जनकपुर लगायतमा सहरहरूमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले छठ पर्वमा चोरी, लुटपाटलगायतका आपराधिक घटना हुन नदिनका लागि जनकपुरलगायतका ताल, पोखरीहरूमा शान्ति सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी गराएको हो ।

चोरी, लुटपाट, महिला हिंसालगायतका अप्रिय घटना हुन नपाओस् भनेर आवश्यक सुरक्षाका लागि करिब ७ सय भन्दा बढी प्रहरीहरू परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकार प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।

उनले सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्नका लागि पनि प्रहरीहरू परिचालन गरिएको बताए ।

बमले भने ‘यो छठ पर्वको सुरक्षा चुनौतीहरू छन् । जस्तै चोरी, लुटपाट, महिलाहरूमाथि हुने हिंसा, त्यस्तै गरेर अन्य आपराधिक गतिविधिलाई दृष्टिगत गरेर हामीले यहाँको सुरक्षा व्यवस्था मिलाएका छौँ । त्यसका लागि हामीले विशेष गरी यहाँका पोखरीहरू गंगा सागर, धनु सागरलगायत अन्य विभिन्न पोखरीहरू र त्यसका वरपर प्रहरीहरू परिचालन गरेका छौँ । त्यस्तै गरेर सवारी व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग समन्वय गरेर विभिन्न स्थानहरूमा ब्यारिकेटहरु राखेका छौँ । यसका लागि हामीले कम्तीमा ७ जति प्रहरीहरू परिचालन भएको छ । त्यस्तै अन्य सुरक्षा निकायहरूसँग पनि हामीले समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ ।’

छठ पर्वमा तराई मधेसमा चोरी, लुटपाटको घटना हुने भएकाले घर बाहिर जानुपरेमा नजिकैको प्रहरीलाई खबर गरेर जान पनि सर्वसाधारणलाई अपिल गरिएको पनि जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =