जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित २ जना पक्राउ

काठमाडौँ । भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले झापा झिलझिले घर भई काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर र बर्दियाको बढैयाताल गाउँपालिका-३ घर भई काठमाडौँ कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरीलाई पक्राउ गरेको हो ।

शुक्रवार राति प्रहरी प्रभाग कोटेश्वरको टोलीले नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा गिरीलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका क्रममा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली समेत फेला परेको थियो ।

उनकै बयानका आधारमा अर्का झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । मगरको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको प्रहरीले जनाएको छ ।

गिरी र मगर दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =