दुर्घटनामा जिप धनी ठगुन्नाको मृत्यु, चालक भागे
२०८२ कार्तिक ७ गते

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका-३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए । जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटना स्थलतर्फ गएको छ ।
२०८२ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित








