बालुवाटार बैठक

शान्ति सुरक्षाको प्रत्याभूतिबिना निर्वाचन असम्भव: कांग्रेस (भिडिओ)

काठमाडौँ । राजनीतिक दलहरूले निर्वाचनको लागि शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गर्दै यही अवस्थामा निर्वाचन सम्भव नहुने बताएका छन् ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन् ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सुरक्षा निकायहरूमा आत्मविश्वास बढ्न नसकेको कारण यही अवस्थामा निर्वाचन हुन नसक्ने दलहरूले धारणा राखेको बताए । निर्वाचनको वातावरण निर्माण गर्नतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दलहरूले दिएको उनको भनाइ छ ।


उनी भन्छन्, ‘प्रधानमन्त्रीसँग सबै दलहरूको एउटै कुरा थियो– निर्वाचनको लागि शान्ति सुरक्षाको प्रत्याभूति छैन । सुरक्षा निकायमा पनि आत्मविश्वास देखिँदैन र जनताले पनि निर्वाचन हुन्छ भन्ने विश्वास गर्न सकेका छैनन् भन्ने कुरा दलहरूको थियो । यो अवस्थामा निर्वाचनमा जाने हो भने सरकारको सम्पूर्ण ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्छ भन्ने कुरा नै राखियो ।’

बैठकमा विभिन्न दश दलका दोस्रो तथा तेस्रो तहका नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =