छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । पर्सा, वीरगंज महानगरपालिका–१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र ना.४७ प ५७६६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक बारा घर भएका ५५ वर्षीय मुक्तिनारायण साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज हेल्थ केयर गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवन, भरतपुर महानगरपालिका–१० स्थित सडकमा बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२१ बस्ने २५ वर्षीय संदिप घिमिरे र स्कुटरमा सवार २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =