व्यापारीको गुनासो- तिहारमा टोपीको व्यापार भएन

काठमाडौँ । यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको व्यवसायीहरूले गुनासो गरेका छन् ।

काठमाडौँको न्युरोड, ललितपुरको पाटन लगायतका क्षेत्रमा तिहारको भाइटिकाका लागि ढाका टोपीको व्यापार हुने गरेको थियो । यस वर्ष गत वर्षजस्तो टोपीको व्यापार नभएको उनीहरूको गुनासो छ ।

सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरू आएपनि जेनजी आन्दोलनको कारण धेरै शोकमा परेको हुँदा सोचेजस्तो व्यापार हुन नपाएको एक व्यवसायीले गुनासो गरे ।

आन्दोलनले गर्दा देश शोकमा परेको कारण पनि ढाका टोपीको व्यापार सुस्ताएको उनको भनाइ छ । काठमाडौँको न्युरोड, ललितपुरको पाटन, इन्द्रचोक, असन, ठमेललगायतका प्रमुख बजार क्षेत्रमा तिहारको भाइटिकाको अवसरमा ढाका टोपीको व्यापार विगतमा निकै फस्टाउने गरेको थियो । तर यस पटक गत वर्षको तुलनामा टोपीको व्यापार निकै कमजोर भएको व्यवसायीहरूको भनाइ छ ।

नेपालमा ढाका टोपी सांस्कृतिक पहिचानको एक महत्त्वपूर्ण हिस्सा मानिन्छ । दसैँ, तिहार, विवाह, व्रतबन्ध, तीज, छठलगायतका चाडपर्व र उत्सवहरूमा ढाका टोपीको प्रयोग व्यापक रूपमा हुने गर्छ । विशेषगरी तिहारको भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप ढाका टोपी दिने प्रचलनले यो समयमा टोपीको माग उच्च हुने गरेको छ ।

यद्यपि, यस वर्ष बजारमा सर्वसाधारणले सहजै खरिद गर्न सकिने गरी सस्तो मूल्यमा विभिन्न डिजाइन र गुणस्तरका ढाका टोपीहरू उपलब्ध भएपनि व्यापारले गति लिन नसकेको व्यवसायीहरू बताउँछन् । एउटा प्रमुख कारणको रूपमा व्यवसायीहरूले हालैको जेन—जी आन्दोलनलाई औँल्याएका छन्। आन्दोलनका कारण देशमा शोकको माहौल सिर्जना भएको र यसले उपभोक्ताहरूको मनोविज्ञानमा प्रभाव पारेको उनीहरूको बुझाइ छ ।

नेपालमा चाडपर्व दसैँ–तिहार, विवाह, व्रतबन्धलगायतका उत्सवहरूमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाईलाई उपहारको रूपमा पनि ढाकाटोपी दिने चलन अधिक रूपमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =