केपी ओली कानून भन्दा माथी छैनन्ः गृहमन्त्री (भिडिओ)

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानुनभन्दा माथि नरहनुभएको बताएका छन् ।

सिंहदरबारमा सोमवार पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका थिए । गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानुन मान्दिन भनेको भन्ने संज्ञा दिएका छन् । उनले पहिला केपी ओली कानुनभन्दा माथि भए पनि अब नभएको बताए ।
उनी भन्छन्, ‘यो चाहिँ कानुन मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको चाहिँ त्यस्तो थियो । अहिले हुँदैन ।’

उनले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगले भनेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 10 =