प्रधानमन्त्री कार्कीद्वारा सात राजनीतिक दललाई निर्वाचनमा छलफल गर्न पत्राचार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले यही कात्तिक ४ गते साँझ ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचनका सम्बन्धमा छलफल गर्न दलहरूलाई पत्र पठाउनुभएको उहाँका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

छलफलका लागि तत्कालीन संसद्मा मान्यता प्राप्त सात राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ । छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूलाई बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =