वृहत् वामपन्थी एकता आवश्यक: प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले वृहत् वामपन्थी एकता आवश्यक रहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संघिय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न वृहत् वामपन्थी एकताको आवश्यकता रहेको उनले बताए । उनले समाजवादी मोर्चामा आबद्धहरू छिट्टै एकता घोषणाको तयारीमा रहेको पनि जानकारी दिए । देशको रक्षाको निम्ति, राष्ट्रिय स्वाधीनता रक्षा र सुढृडिकरणको निम्ति देशभित्रका सबै वामपन्थीहरू मिल्नुको विकल्प नभएको उनको भनाई छ ।

उनले देश ठुलो संकटमा परेकोले राष्ट्रिय संकट, राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति राष्ट्रिय एकता अनिवार्य रहेको उल्लेख गरे । उनले यति ठुलो संकट यसअघि कहिल्यै नदेखिएको पनि बताए ।

उनले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्र र यो मार्फत जनताका मुद्दा सफल पार्न हामी एकातिर वृहत् वामपन्थी एकताको आवश्यकता महसुस गरेका छौँ । हामी समाजवादी मोर्चामा आबद्धहरू छिट्टै एकता घोषणाको तयारीमा छौँ । त्यतिले मात्रै पुग्दैन । देशमा सबै वामपन्थी शक्तिहरू देशको रक्षाको निम्ति, राष्ट्रिय स्वाधीनता रक्षा र सुढृडिकरणको निम्ति, हामीले भनेका छौँ, राष्ट्र यति ठुलो संकटमा पहिले कहिल्यै हामीले देखेनौँ । यति ठुलो संकटमा छ, यतिवेला । यो राष्ट्रिय संकट, राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति राष्ट्रिय एकता अनिवार्य छ ।’

वामपन्थी शक्तिसँगै देशभक्त लोकतान्त्रिक शक्तिहरूसँग पनि मोर्चाबन्दी गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =