राष्ट्रपति निवासमा जेनजी र सरकारबीच वार्ता सुरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी अगुवाहरु र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ । केही दिनअघि स्थगित भएको वार्तालाई आज पुनः निरन्तरता दिइएको हो ।

वार्ताका लागि जेनजी प्रतिनिधिमण्डल साढे ५ बजे शीतल निवास प्रवेश गरेको छ । त्यसपछि प्रधानमन्त्रीसहित केही मन्त्रीहरू पनि वार्तामा सहभागी भएका छन् । बैठकमा जेनजी आन्दोलनका मुख्य एजेन्डा, सरकारसँगका माग तथा मन्त्रीपरिषद् विस्तार लगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

वार्तामा जेनजी पक्षबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजव­राज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी छन् ।

बैठकमा हालसम्म औपचारिक सहमति नजोडिएको भए पनि दुबै पक्षले सकारात्मक संवादको वातावरण रहेको बताएका छन् । शीतल निवासमा जारी वार्तालाई समाधानमुखी बनाउने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =