काँग्रेस केन्द्रीय समिति बैठक: सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरीत

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा सात जना सदस्यहरूले धारणा राखेका छन् ।

बिहीबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकमा सात जना मात्रै सदस्यहरूले आफ्ना धारणा राखेका छन् । बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेन—जी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राख्नुभएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राखेको बताए । आम नागरिकले पूर्ण रूपमा सुरक्षा महसुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको बताए । निर्वाचनमा कुनैपनि भय बिना भाग लिने वातावरण बनाउनुपर्ने धारणासदस्यहरुले राखेको बताए ।

साथै बैठकमा पुनः स्थापना बारेमा पनि केही सदस्यहरूले आफ्ना धारणा राखेको दाबी गरे । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराएको बताए । पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रीय समितिको बैठकमा नरहेको बताए ।

उनले आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठाउनुभएको जिकिर गरे । बैठकमा कार्यतालिका प्रस्ताव अहिलेसम्म नगरिएको पनि जानकारी दिए ।

बैठकपछि बोल्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जेन—जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जरैदेखि छानबिन हुनुपर्ने धारणाहरू आएको बताए । साथै अबको दिनमा काँग्रेस कसरी अघि बढ्ने भन्नेबारेमा सुझावहरू आएको बताए । नियमित अधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताए । नियमित अधिवेशन मङ्सिरभित्रै गर्नुपर्नेमा जोड दिए ।

जेन—जीको पहिरनमा गरिएका कामहरू र व्यक्तिहरू पत्ता लगाउनुपर्ने बताए । सुरक्षाको प्रत्याभूति नभई राजनीतिक दलहरू निर्वाचनमा जान नसक्ने बताए । संसद पुनः स्थापनातिर लाग्न नहुने उनको भनाइ छ । हजार र पाँच सयको नोट प्रतिबन्ध गर्न माग समेत गरे । हरेक छानबिनका लागि काँग्रेस तयार रहेको बताए ।

बैठकपछि बोल्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले कानुन हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरू लागेको बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । समाजमा त्रास कायम रहेकाले त्यसलाई हटाउन आग्रह गरे । सरकार संविधान विपरीत बनेको र त्यसबारे सोच्नुपर्ने धारणा नेताहरूले राख्नुभएको बताए ।

उनले जेन जीका मागहरू सम्बोधन गरेर जान आवश्यक रहेको बताए । पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्नेगरी अघि बढ्न आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले जेन—जी आन्दोलन, अप्राकृतिक विपत्ति, आगजनी, तोडफोडबारे मूल्याङ्कन लगायतबारे छलफल गर्नेबारे विषयहरू उठेको बताए । पार्टीका सभापति र नेताहरूमाथि भएको आक्रमणबारे पनि छलफल हुने बताए । साथै महाधिवेशनबारे पनि विषयहरू बैठकमा उठेको बताए ।

समयमै महाधिवेशन गर्नुपर्ने बारेमा छलफल सुरु भएको बताए । निर्वाचन हुने कुराको विश्वसनीय वातावरण बनेको खण्डमा काँग्रेस निर्वाचन सम्पन्न गरेर आन्तरिक काममा लाग्ने बताए । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै काँग्रेस निर्वाचनबाट नभाग्ने दाबी गरे ।

एकताबद्ध भएर कार्यतालिका बनाइ काँग्रेस अघि बढ्ने बताए । सबैको भावना समेट्दै काँग्रेस अघि बढ्ने बताए । देशमा शान्ति सुरक्षा कमजोर रहेको, सुरक्षा निकायको मनोबल गिरेको अवस्था रहेको बताए । सरकारको प्राथमिकता निर्वाचन रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =