बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग२६प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक पुनरामको सोही दिन मृत्यु भएको थियो । अर्का घाइते मनोजको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =