देउवा सार्वजनिक हुने भएपछि काँग्रेस मुख्यालयमा सुरक्षा व्यवस्था मजबुत
२०८२ असोज २८ गते

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा केहीबेरमा सुरु हुँदैछ ।
जेनजी आन्दोलनकारीहरुले आफ्नै निवासमा सांघातिक आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवा पनि सो बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लागेका छन् ।
सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपालीको काँग्रेसको मुख्यालयमा कडा सुरक्षा प्रवन्ध गरिएको छ ।
प्रहरीको साथ नेपाली काँग्रेसका युवा संगठन तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।
बैठकमा नेताहरुले सभापति देउवालाई पद छोड्न र समयमा नै नियमित महाधिवेशन गराउन दबाब दिने बताइएको छ ।
बैठकमा केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, आमन्त्रित सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरु सहभागी हुनेछन् ।
२०८२ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








