केसीको भिडिओ शेयर गर्दै महावीरले भने- उहाँको बोलेको नसुन्दाको परिणाम नै जेनजी आन्दोलन

काठमाडौं । संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशमा व्याप्त भ्रष्टाचार र यसलाई मौलाउन दिने ‘टाउके’ हरूमाथि गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा व्यक्त गरेको आफ्नो प्रतिक्रियामा मन्त्री पुनले विघटन भएको संसदमा एक वृद्ध नेताले बोलेको भनाइ उद्धृत गर्दै भ्रष्टाचारको मूल जरो ‘टाउके’ हरू र पापी दलाल तथा भ्रष्ट सल्लाहकारहरूमा रहेको औंल्याएका हुन् ।

मन्त्री पुनले आफ्नो टिप्पणीमा भनेका छन्, ‘उहाँ बृद्ध नेताज्यूले एकदम सहि भन्नु भएको रहेछ विघटन भएको संसदमा । भ्रष्टाचारको पनि टाउको हुन्छ र भ्रष्टाचारलाई मौलाउन दिने टाउके हरु नै हुन ।’

उनले मन्त्री, सांसद, कार्यालय प्रमुख, पालिकाको मेयर/अध्यक्ष वा ठूला ठेक्का पट्टा पाउनका लागि पापी दलाल र भ्रष्ट सल्लाहकारहरूको माध्यमबाट करोडौं असुल्ने प्रथालाई रोक्नुको सट्टा झनै प्रोत्साहन दिइएकोमा चिन्ता व्यक्त गरेका छन् । मन्त्री पुनका अनुसार, यही प्रोत्साहनका कारण भ्रष्टाचार झन् मौलाएको हो ।

पुनले वृद्ध सांसदले संसदमा राखेको भ्रष्टाचारसम्बन्धी विचारलाई ‘एक कानले सुनेर अर्को कानले उडाइदिएको’ परिणाम अहिलेको जेनजी आन्दोलन भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =