काठमाडौंको सोल्टीमोडमा सडक भासियो, खोला घरनजिकै पुग्यो

काठमाडौं । काठमाडौंको सोल्टीमोडस्थित पश्चिमतर्फ स्युचाटार खोलाले बाटो भासिएको छ । शनिबार बिहानैदेखि खोलाको तीव्र कटानका कारण सडकको एक भाग करिब पाँच फिटसम्म भासिएको हो ।

काठमाडौं महानगरपालिकाले दिएको जानकारीअनुसार खोलाले घरनजिकको जमिन कटान गर्दै करिब पाँच फिट मात्र दूरी बाँकी राखेको छ । महानगरपालिकाले थप क्षति रोक्न तत्कालै पहल सुरु गरेको छ । महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा अहिले नदी कटान रोकथाम गर्ने प्रयास भइरहेको छ ।

घटनास्थलमा बोरा र ग्राभेलको प्रयोग गरी खोलाको धार परिवर्तन गर्ने तथा थप कटान रोक्ने काम भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =