उज्यालो नेपाल पार्टीसँग कुनै सम्बन्ध छैन : कुलमान घिसिङ

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र त्यसका अध्यक्षसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भइरहेका सूचना र समाचारप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै घिसिङले उक्त पार्टीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

‘सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताको विषयमा कुनै किसिमको छलफल भएको छैन,’ उनले भनेका छन्, ‘प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागिता पनि नरहेको प्रष्ट पार्दछु ।’

उनले आफूलाई पूर्व जानकारी वा छलफलबिनै असत्य र तथ्यहीन रूपमा पार्टीसँग जोडेर ‘दुषित मनसाय’का साथ प्रचार गरिएको आरोप लगाएका छन् ।

‘मसँग कुनै छलफल÷सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु,’ उनले भनेका छन्, ‘सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु ।’

साथै, उर्जामन्त्री घिसिङले भविष्यमा यस्ता आधारहीन प्रचारप्रसार नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =