सभापति देउवाका सासुससुराको घरमा सीआईबीको छापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।

आइतबार ललितपुरको जावलाखेलस्थित साला भूषण राणा र उनका बुवाआमा बस्ने छुट्टाछुट्टै दुई घरमा सीआईबी टोलीले खनतलासी गरेको हो । भूषण देउवा पत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाई हुन् ।

सीआईबीका अनुसार शंकास्पद नगद वा कागजात भएको सूचनाका आधारमा छापा मारिएको हो । तर, खोजतलासका क्रममा शंकास्पद केही पनि फेला नपरेको सीआईबी स्रोतको दाबी छ ।

छापा मार्ने बेला भूषण राणा घरमा थिएनन्, भने उनका बुवाआमा भने घरमै थिए । ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा वडाध्यक्षसहितको रोहवरमा छापा मारिएको हो । प्रहरीले मुचुल्का पनि उठाएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =