जेनजी आन्दोलनका घाइते नुवाकोटका लक्ष्मण राईको निधन
२०८२ असोज १३ गते

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का लक्ष्मण राईको गएराति १२ बजे निधन भएको छ । परिवारका सदस्यहरूले राईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको पुष्टि गरेका छन् ।
आन्दोलनका क्रममा टाउकोको पछाडिको भागमा गोली लागेर गम्भीर घाइते भएका राई आईसीयूमा उपचाररत थिए र कोमामा गएका थिए । उनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।
काठमाडौंको बालाजुमा मजदुरी गर्दै आएका राईको परिवारसँग नियमित सम्पर्क नरहेका कारण उनी घाइते भएको दुई दिनसम्म गुमनाम थिए ।
२०८२ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








