गुण्डुमा एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । आईतवार दिउँसो १ बजेबाट गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बैठक शुरु भएको हो ।
जेन जी आन्दोलनपछि पहिलो बैठक बस्न लागेको हो । बैठकले पछिल्लो राजनीतिक स्थितिबारे समीक्षा गर्नेछ ।
साथै बैठकमा जेनजी आन्दोलनपछिको अवस्था, पार्टीमा परेको प्रभाव, संगठन सुदृढीकरण, आगामी रणनीतिबारे छलफल हुनेछ ।
बैठकले पछिल्लो राजनीतिक अवस्था, आन्दोलनपछिको पार्टीको स्थिति, संगठन सुदृढीकरण, र आगामी रणनीति लगायतका विषयमा छलफल गर्ने पार्टी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, बैठकमा आन्दोलनले पार्टी र नेतृत्वमाथि पारेको जनधारणा र त्यसबाट निस्किएको आन्तरिक संकटको समीक्षा मुख्य एजेन्डा हो ।
जेनजी आन्दोलनको चर्को विरोधपछि अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए भने पार्टीभित्र समेत नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि देखिएको छ । यस्तो अवस्थामा बसिरहेको बैठकलाई नीतिगत पुनरावलोकन र भविष्यको रणनीतिक दिशानिर्देशन को रूपमा हेरिएको छ ।
बैठकमा पार्टी संगठनभित्र देखिएको विचारधारात्मक अस्पष्टता, पुस्ता हस्तान्तरणको बहस, र आगामी महाधिवेशनसम्मको तयारीसम्बन्धी विषयवस्तु पनि उठ्ने अपेक्षा गरिएको छ ।








