देशको स्वाधीनता गम्भीर अवस्थामा छ: वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले देशको स्वाधीनता गम्भीर अवस्थामा रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले देश रहे र लोकतन्त्र रहे मात्रै प्रतिस्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरूले रूपान्तरणबारे सोच्नुपर्ने बताए । अहिलेसम्मका आन्दोलनको उपलब्धिको रक्षा, देशको स्वाभिमान र स्वाधीनता बचाउन जरुरी रहेको बताए ।

आजबाट आफूहरू पदाधिकारी नभई महाधिवेशन आयोजक समितिको सदस्य भएको बताए । जेनजी आन्दोलनको मूल उद्देश्यलाई आत्मसाथ गरेर आफूहरूले यो निर्णय लिएको उनको दाबी छ ।

उनले भने ‘हामी सबै महाधिवेशन आयोजक समितिको सदस्य भएका छौँ । पार्टीले जेन जी आन्दोलनको मूल स्पिरिट, पार्टीलाई लोकतान्त्रीकरण, शुद्धीकरण अझ नयाँ बनाउनुपर्छ । र जेन जी युवासहितको पार्टी बनाउनुपर्छ भन्ने स्पिरिटलाई सबैभन्दा पहिला अघि बढेर आत्मसाथ गरेको छ । यो जेन जी आन्दोलनका शहीदहरूप्रतिको सम्मान हो । घाइते अपाङ्गता भएकाहरूप्रति को सम्मान हो । जसले आफ्नो आवाज व्यक्त गर्नुभएको छ, उहाँहरूप्रतिको सम्मान हो । हामी अरू पार्टीहरूलाई पनि भन्न चाहन्छौँ, पार्टी रूपान्तरण गर्नुस् देशको स्वाभिमान, स्वाधीनता, लोकतन्त्रको लागि सँगै काम गर्नुछ । देश रह्यो, लोकतन्त्र रह्यो भने प्रतिस्पर्धा हुन्छ । सबैले लोकतान्त्रीकरण गरौँ, सुधार गरौँ । देशको स्वाधीनता निकै गम्भीर अवस्थामा छ । अहिलेसम्मका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने, स्वाधीनता बचाउने, अझै अघि बढौँ, शासकीय प्रणालीमा सोचौँ ।’

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौँमा जारी थियो । अध्यक्ष दाहाल आगामी महाधिवेशनको उम्मेदवार नहुने, प्रतिस्पर्धा नै नगर्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =