अब म अध्यक्ष रहिनँ: पुष्पकमल दाहाल
२०८२ असोज १० गते

काठमाडौँ । पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् ।
शुक्रवार काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको घोषणा गरेका हुन् ।
उनले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको बताए ।
उनले भने ‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो ।’
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौँमा जारी थियो ।
२०८२ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








