लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प छैन : ओली
२०८२ असोज ९ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्ने बताएका छन् ।
भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग आज भएको छलफलमा अध्यक्ष ओलीले लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प नभएको उल्लेख गरे ।
‘हामीले देश बचाउनु छ, देशमा सुशासन र विकास गरेर देशलाई अगाडि बढाउनुपर्नेछ’ उनले भने । उनले अभिव्यक्ति स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने धारणा राखे ।
२०८२ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








