सरकारले संविधान संशोधन गर्न सक्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन जस्तो महत्वपूर्ण कार्य निर्वाचनबाट निर्वाचित सरकारले मात्रै गर्न सक्ने स्पष्ट संकेत गरेकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिलेको अन्तरिम सरकारले आन्दोलनमा उठाइएका सबै माग पूरा गर्न नसक्ने स्पष्ट पारिन् ।

उनले संविधान संशोधनजस्तो विषय संवैधानिक प्रक्रिया र जनप्रतिनिधिको प्रत्यक्ष सहभागितामार्फत मात्र सम्भव हुने बताइन् ।

‘आन्दोलनको क्रममा उठाइएका कतिपय विषयहरू सरकारको अधिकार क्षेत्रभन्दा बाहिर छन्,’ प्रधानमन्त्री कार्कीले सम्बोधनमा भनिन्, ‘त्यसैले म सबैलाई निर्वाचनमा सहभागी भएर संवैधानिक तरिकाबाट संविधान संशोधनका लागि अघि बढ्न आह्वान गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =