जेनजी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरूसँग छलफल गर्छु: उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

सोमवार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।

जेन—जी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरूको परिवारलाई रोजगार दिनसके उनीहरूलाई केही सहज हुने उनले बताए । यसका लागि उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने उनको भनाई छ । उनले युवाहरूको सिप विकासमा सबैभन्दा बढी आफ्नो ध्यान रहने पनि बताए । वैदेशिक रोजगारीमा गएका युवाहरूलाई देश फर्केर देशभित्रै रोजगारी दिने वातावरण निर्माण गर्नुमा आफ्नो जोड हुने उनको भनाई छ ।

उनले आफू कानुन क्षेत्रमा रहँदा पनि कर, वैदेशिक लगानी तथा उद्योग वाणिज्यसम्बन्धी विषयमा नै काम गरेको बताए ।

उनले भने ‘जो अहिले साहदत प्राप्त गर्नुभएको छ, घाइतेहरू हुनुहुन्छ, उहाँहरूलाई देशमा भएका उद्योग, उद्यमीहरू जति हाल चलिरहेको छ या चलाइरहेको छ । उहाँहरूलाई म अह्वान गर्न चाहन्छु, उहाँहरूको परिवार कसैलाई रोजगारी दिने । त्यो भएपछि केही हदसम्म पनि उहाँहरूलाई सान्त्वना हुन्छ की भन्नेजस्तो लागेको छ । त्यतातिर म एकचोटी छलफल गर्छु ।’

उनले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने, अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =