युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउन पर्छ : मुख्यमन्त्री सिंह
२०८२ असोज ५ गते

राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विकास र सुशासनलाई सरकारको प्राथमिकता भएको बताएका छन् ।
सप्तरीको महदेवा गाउँपालिका–५ दुर्गापुरमा आज आयोजित कार्यक्रममा उनले युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउनुपर्नेमा जोड दिँदै सङ्घीयताको रक्षा र मजबुतीका लागि प्रदेश सरकार दृढतापूर्वक खडा रहेको बताए । उनले प्रदेश सरकार सुशासन, विकास र जनकल्याणका कार्यक्रमप्रति प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
त्यस अवसरमा मुख्यमन्त्री समक्ष स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकता र विकास–निर्माणका प्राथमिकतासाथ राखेका थिए ।
२०८२ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








